वैशाख १५ लाई तोक्यो आयोगले उपनिर्वाचनको मिति
काठमाडौं : निर्वाचन आयोगको आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।
आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम -२ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र – १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो।
इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।२बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित प्रदेशसभा सदस्य श्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि पनि निर्वाचन आयोगले सम्बन्धित सबैमा आग्रह गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam