उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन्।
एमालेसँगको नयाँ सत्ता समिकरण गरेलगत्तै सोमवार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उनले कांग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरूले आफूलाई अविश्वसनीय भन्ने गरेको बताए।
प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरूले धेरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे। आफूलाई प्रतिक्रियावादीहरूका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताए।
उनले सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे। शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam