चैत ४ मा राष्ट्रियसभा विषयगत समितिका सभापतिहरूको निर्वाचन
काठमाडौँ : राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ। बुधवारको राष्ट्रियसभा बैठकमा समिति सभापतिका निर्वाचनको मिति तोकिएको हो।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि आउँदो चैत ४ गते आइतवारलाई तोकिएको जानकारी दिए।
उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए।
राष्ट्रियसभाको अर्को बैठक चैत २ गते शुक्रवार बिहान ११:१५ बजे बस्नेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam