राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनुपर्छ : वामदेव
काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।
बुधबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखे। उनले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए।
उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए।
उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए। उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए।
उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताए।
उनले भने, ‘मैले भन्नैपर्छ, प्रतिनिधिसभा नियमावलीबमोजिम चलेन। धेरै त्यस्ता प्रमाणहरु छन्, प्रतिनिधिसभामा जहाँ सभामुखले नियमअनुसार कारबाही गरेको पनि पाइएन, भद्रगोल भयो। तर म आइसकेपछि राष्ट्रिय सभाको पूर्वअध्यक्षद्वारा जसरी भूमिका निर्वाह भयो, त्यो सम्झँदा मलाई पनि गौरव लाग्छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्छ। समान जिम्मेवारी पूरा गर्नुपर्छ।’
उनले प्रतिनिधिसभा नियमावलीबमोजिम चल्न नसकेको जिकिर गरे। उनले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam