एआइजी ज्ञवालीले करोड मागे, एसपीको घर बनाउन ६० लाख मागे : जीवन चलाउने
काठमाडौँ : सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले प्रहरीका एआइजी श्याम ज्ञवालीले आईजिपी बन्न एक करोड मागेको खुलाएका छन्।
उनले आज पत्रकारलाई अन्तरवार्ता दिँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सञ्जयसिंह थापाको घर बनाउन डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको पनि बताएका छन्। ६० लाख नभए अहिले ३० लाख भने पनि दिन आग्रह गरेका पनि उनले बताए।
उक्त प्रकरणका प्रतिवादी रहेका चलाउनेले पैसा नदिएकै कारण आफूलाई फसाउने चाल रचेको पनि दावी गरेका छन्। उनी आफू आएर प्रतिवाद गर्ने र अदालतमा पुगेर आत्मसमर्पण गर्नेसमेत बताएका छन्। उनले आफू दिल्लीमा रहेको पनि खुलाएका छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam