बाबुरामलाई कारबाही गर्न नेसपा यादव पक्षको बैठक आज

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ। बानेश्वरको थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो।

सोमबार डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकतामा सहमति गर्नेलाई पार्टीबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यससँगै यादव पक्षले पनि मंगलबार आफूपक्षको बैठक बोलाएको हो ।

बैठकले भट्टराई पक्षधरलाई कारबाही गर्ने र एकतालाई अनुमोदन गर्ने बताइएको छ।

यादव पक्षले शनिबार एकताका लागिमाओवादी केन्द्रसँग चारबुँदे सहमति गरेको थियो। यो सहमतिप्रति बाबुराम भट्टराईले असहमति जनाएको छ।

TOP