‘फागु पर्वले मेलमिलाप र सद्भावको सन्देश दिन्छ’
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्।
फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका छन्। यो पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीति निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।
भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग
भदौ १६, २०८३
(विजयनगर) कपिलवस्तु, १६ भदौ । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चेम्बर अफ…



ghanashyam