कृष्णनगरमा विश्व क्षयरोग दिवस मनाइयो
कृष्णनगर, १४ चैत्र ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा विश्व क्षयरोग दिवस मनाइएको छ । कृष्णनगर नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो । नगरपालिकाको आयोजनामा मंगलबार विश्व क्षयरोग दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाइएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए ।
कार्यक्रममा शिवराज अस्पताल बहादुरगञ्जका डाक्टर मनिष कुमार मण्डलले क्षयरोग सर्ने तरिका, परिक्षण, निदान, उपचारको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्षयरोगको अहिलेसम्मको आँकडा बारेमा कृष्णनगर पालिकका क्षयरोग नियन्त्रण कार्यक्रम दातस फोकल पर्सन नन्द गोपाल बढईले प्रस्तुत गर्नुभएको थियोे ।
नन्द गोपाल बढईले सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई, स्वास्थ्य चौकी प्रमुख तथा टि.बि. फोकल पर्शनहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam