इलाम-२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ। रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो।
कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी र सहप्रवक्ता रमेश प्रसाईँलगायतले सम्बोधन गर्नेछन्। कार्यक्रमका लागि नेताहरू शुक्रबार नै इलाम पुगिसकेका छन्।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam