इजरायली प्रधानमन्त्री गाजामा ‘युद्धविराम वार्ता’ गर्न सहमत
एजेन्सी
गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सहमति जनाएका छन्।
हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिनपछि शुक्रबार नेतन्याहूले वार्ताका लागि सहमति जनाएका हुन्।
नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी थियो।
इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको छ।
हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो आदेशमा भनेको छ, ‘गाजामा प्यालेस्टाइनीहरूले अब भोकमरीको सामना गर्नुपरेको छ।’
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेखेका छन्, ‘यो फैसलाले गाजापट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ।’
अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो।
आईसीजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल-शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर कैयौँ व्यक्तिको मृत्यु भएको जनाएको छ। दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ।
एएफपी टीभीका तस्विरले देखाएअनुसार हवाइ आक्रमणपछि भग्नावशेषमा फसेका मानिसहरूलाई मुक्त गर्न पुरुषहरूले मोबाइल फोनको उज्यालोमा काम गरिरहेका देखिन्छ।
आईसीजेले इजरायललाई तत्काल आवश्यक आधारभूत सेवा र मानवीय सहायताको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी उपाय अपनाउन आदेश दिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam