प्रधानमन्त्री र मन्त्रीहरूमाथि सत्तारुढ सांसदकै आक्राेश : जे मन लाग्यो त्यही गर्न पाइन्छ ?
काठमाडौँ : सत्तारुढ दलकै सांसदले प्रधानमन्त्री र मन्त्रीहरूमाथि सदन प्रश्न उठाएका छन्। सत्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले जे मन लाग्यो त्यही गरेको भन्दै आपत्ति जनाएका हुन्।
शिक्षामन्त्री श्रेष्ठले मन्त्रिस्तरीय निर्णयबाट ७४ हजार निजामती कर्मचारीको मनोबल गिर्ने गरी शिक्षा उत्प्रेरक परिचालनसम्बन्धी कार्यविधि–२०८० पारित गराएको भन्दै नेता पाण्डेले प्रश्न उठाएका हुन्।
उनले भने, ‘उच्च शिक्षा अध्ययन गरिरहेका जोकोहीलाई पनि प्रशिक्षार्थीका रूपमा कामकाजमा लगाउन सकिने कुरा त्यसमा उल्लेख छ। यति वेला मन्त्रालयकै कतिपय शाखा कामविहीन भइरहेका वेला, शिक्षा मन्त्रालयमा रहेका कर्मचारीलाई अविश्वास गर्दै प्रशिक्षार्थीलाई काम दिने नीति ७४ हजार निजामती प्रशासनलाई प्यरालाइज्ड गर्ने नीति हो।’
यो कार्यविधि कुन ऐनअनुसार बनेको भन्ने पनि उल्लेख नभएको सांसद पाण्डेले बताए। उनको प्रश्न छ, ‘कर्मचारी बाहिरबाट ल्याएर मन्त्रालय चलाउन खोज्दा कर्मचारी तन्त्रमाथि हस्तक्षेप हुन्छ कि हुँदैन ? कर्मचारीको मनोबल गिर्छ कि गिर्दैन ? हामी नयाँ हौं, नयाँ गरेर देखाउँछौँ भनेको यही हो ?’
मन्त्रीहरूलाई आफूखुशी चल्न दिएको भन्दै सांसद पाण्डेले प्रधानमन्त्रीलाई पनि प्रश्न गरे। ‘प्रधानमन्त्रीलाई प्रश्न छ, सरकारका सबै मन्त्रीलाई आफूखुशी मन्त्रालय चलाउने छुट दिनुभएको हो ?’, उनको प्रश्न छ, ‘जे मन लाग्यो त्यही गर्न पाइन्छ?’

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam