१ हजारले बढेको सुन तोलाको १ लाख ३४ हजारमा कारोबार
काठमाडौं : नेपाली बजारमा सुनको भाउमा रेकर्ड कायम गरेको छ। विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ।
अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको हो।
बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाँले बढेको छ।
बुधबार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २९८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam