एमालेको स्याङ्जा अधिवेशन आज शुरु हुने, ओलीले उद्घाटन गर्ने


काठमाडौं : नेकपा एमाले स्याङ्जाको नवौँ अधिवेशन शुक्रबार शुरु हुँदै छ। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

गण्डकी प्रदेशका म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ। सबै जिल्लामा गुटबाट प्रतिस्पर्धा भएको थियो।

स्याङ्जाको अधिवेशनले पाँच पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।

अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६०९ जना प्रतिनिधि चयन भएका छन्।

TOP