कोशीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ : राजेन्द्र राई
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वलाई दिएको समर्थन एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने संसदीय दलका नेता एवम् पूर्वमुख्यन्त्री राजेन्द्रकुमार राईले बताएका छन्।
यो प्रदेशमा नयाँ सरकार बनाउन गाह्रो रहेको बताउँदै उनले सरकार अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने बताए। गठबन्धन संविधान रक्षाका लागि निर्माण भएको र सोहीअनुसार निर्वाचन भएको तर सत्ताको लागि गठबन्धन बदलिरहने कुरा राम्रो नभएको उनको भनाइ थियो।
‘हामी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन्नौँ, जनतालाई किन निराश पार्नु? गठबन्धन संविधान रक्षाको लागि बनेको हो, त्यसरी नै चुनाव भयो र सरकार त्यसरी नै भयो, उनले भने, ‘सत्ताको लागि उथलपुथल, सबै लथालिंग भयो, कोशी प्रदेशको सरकार बनाउन गाह्रो छ। सरकार अस्थिरता भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडि बड्दैन।’
यस्तो खालको काम सत्ताको लागि कसैले गर्छ भने आफूले पनि सजिलै नछोड्ने उनको भनाइ थियो।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam