लुनिभा स्कुलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं : ललितपुरको लुनिभा सेकेण्डरी स्कुलले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
ललितपुर महानगरपालिका–२२ स्थित बुङमती स्वास्थ्य चौकी तथा स्थानीय सामुदायिक संस्थाहरुको व्यस्थापनमा तास्मनिया विश्वविद्यालय, अष्ट्रेलिया तथा बियोण्ड द बोर्डर लर्निङ्गलको सहयोगमा लुनिभा स्कूलमा उक्त शिविरको आयोजना गरिएको हो।
विशेषज्ञ चिकित्सकहरूबाट मंगलबार स्त्रीरोगसम्बन्धी परीक्षण गरिएको थियो भने आज बालरोगसम्बन्धि स्वास्थ्य परीक्षण हुने स्कुल प्रशासनले जनाएको छ।
यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवार समेत लाभान्वित हुने विद्यालय प्रशासनको विश्वास छ। स्कूलमा आगामी दिनमा पनि यस्तै महत्वपूर्ण स्वास्थ्य शिविर तथा शैक्षिक कार्यक्रम हुने जनाइएको छ।
यस्तै लुनिभा स्कुलमा अहिले प्ले ग्रुपदेखि कक्षा ८ सम्म भर्ना कार्यक्रम पनि चलिरहेको छ भने लगत्तै कक्षा ११ र १२ पनि सन्चालनमा आउने तयारी भइरहेको स्कुल प्रशासनले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam