त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशत मात्रै
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को औसत उत्तीर्ण दर ३० प्रतिशत मात्रै देखिएको छ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले सार्वजनिक गरेका त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा त्यति मात्रै उत्तीर्ण दर रहेको देखाएको हो।
उक्त सोचपत्रमा त्रिविको समग्र उत्तीर्ण दर कम रहेको देखाएको छ। ‘त्रिविको समग्र उत्तीर्ण दर कम देखिन्छ, शैक्षिक वर्ष २०१३।०१४ देखि २०२१।०२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशतभन्दा बढी देखिँदैन,’सोचपत्रमा उल्लेख छ।
यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको सोचपत्रमा उल्लेख छ। सोचपत्रले त्रिविको अध्ययन बीचैमा छोड्ने एकीकृत दर सम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि केही उपलब्ध तथ्याङ्कले यो दर पनि अस्वाभाविक रूपमा बढी रहेको देखाएको छ।
विश्वविद्यालयमा अनेक प्रकारका बाधा अड्चनले गर्दा समयमा परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्दा शैक्षिक कार्यक्रम पूरा गर्न विद्यार्थीहरूलाई तोकिएको समयभन्दा बढी लाग्ने गरेको पनि त्रिविले जनाएको छ। ‘यसले गर्दा पनि त्रिविले दिने उच्च शिक्षा राष्ट्र र अभिभावकलाई महँगो पर्न गएको छ,’सोचपत्रमा उल्लेख छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam