गृहमन्त्रीको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडियो : मन्त्री चौधरी
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सो टिप्पणी गर्नुरेकी हुन्।
पत्रकारितामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको बताइन्।
पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेशा भएको बताइन्। उनले पत्रकारितालाई सम्मानित बनाउन आफूले नै माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन्।
‘पत्रकारितामा दुःख छ तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन। पत्रकारिता क्षेत्रबाट अहिले सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ‚ यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ‚’ मन्त्री चौधरीले भनिन्, ‘यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ। यो सम्मानित पेशा हो‚ गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ।’
मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरणसमेत गरिन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam