डढेलोले पाइप जलेपछि कुश्मा बजारमा पानी आपूर्ति बन्द
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ।
जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङ र वडा नं.-८ चुवाको सिमानाबाट गत आइतबारदेखिको आगलागीले विशाल रूप लिँदा वन क्षेत्रबाट नै कुश्मामा भित्रिएको पानीको योजनामा क्षति पुगेको छ। कुश्मा बजारबाट देखिने फराकिलो वन क्षेत्र लगभग सखाप बनेको अवस्थामा पानीको लाइनमा कति क्षति भयो भन्ने यकिन नै भएको छैन। तर वनमा डढेलोले विशाल रूप लिँदासाथ कुश्मामा पानीको आपूर्ति वन्द भएको थियो।
शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुस्माका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका-२ खुर्कोटस्थित क्यादी खोलाबाट ल्याइएको खानेपानी योजना कुश्मामा आउने पानीको प्रमुख स्रोत हो। बर्खा याममा प्रति सेकेण्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको यो योजनाबाट आउने पानी पूर्णरूपमा वन्द भएको छ। वन क्षेत्रको कतिपय भागमा अझै पनि धुवाँ उडिरहेको देखिएको भए पनि धेरै ठाउँमा भने वन सखाप भएसँगै आगो पनि निभेको छ। आगो नियन्त्रणमा आएसँगै सोमबार साँझदेखि नै पाइपलाइन विस्तार गरिएका ठाउँमा पुगेर क्षतिको खोजी गर्न थालिएको छ।
‘अब डढेलो नियन्त्रणमा आएको जस्तो देखिएकाले वनभित्र छिरेर पाइप बिछ्याइएको ठाउँको अवलोकन गर्न सकिन्छ भन्ने लागेको छ। अहिले कुश्मामा पानीको आपूर्ति पूर्णरूपमा वन्द छ’, अध्यक्ष श्रेष्ठले भने, ‘अरू ठाउँको पाइपलाइन केही सुरक्षित रहेको भए पनि जुन ठाउँमा बर्खामा आउने बाढीले पटक पटक पाइप बगाउने ठाउँमा पाइप बाहिर नै छोडिएको छ। त्यही ठाउँहरूको पाइप जलेको हुन सक्छ।’ क्षति भएको स्थान समयमा नै पत्ता लागेमा मंगलवार साँझसम्ममा कुश्मामा पानी खसाल्न सकिने सम्भावना रहेको उनको भनाइ छ।
जिल्लाको मोदी मोदी गाउँपालिकामा रहेको पाती खोलाको मुहानबाट ल्याइएको पाइपलाइन कुश्मामा पानी आपूर्ति गर्ने अर्को योजना हो। प्रतिसेकेण्ड १८ लिटरसम्म पानी आउने गरेकोमा आगलागीका कारण परिमाण घटेर प्रतिसेकेण्ड ७-८ लिटरमा झरेको छ। यो योजना विस्तार भएको कुन ठाउँमा क्षति भएको छ भन्ने यकिन नै भएको छैन।
पानी आपूर्तिको लागि राखिएका चार ठुला ट्याङ्कीमा क्यादी खोला र पाती खोला दुवै तर्फको मुहानबाट दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको छ। बजारमा संस्थामार्फत दुई हजार ५०० भन्दा बढी धारा जडान गरिएका छन्। कुश्मामा अहिले आपूर्ति भइरहेको पानी थोरै परिवार र सानो जनसंख्यालाई केन्द्रित गरेर वर्षौँअघि बनाइएको हो। पुरानो संरचनाले अहिलेको माग धान्न नसकेको तथा प्रयोग गरिएका सामग्री समेत पुराना वन्दै जाँदा पानीको ‘लिकेज’ ले गर्दा पनि पानीको अभाव हुने गरेकोमा आगलागीले झनै समस्या बनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam