भारतमा जारी लोकसभा निर्वाचन : तेस्रो चरणको मतदान शुरु
भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान शुरु भएको छ। मंगलबार ११ राज्य र केन्द्र शासित प्रदेशसहित कुल ९३ सिटका लागि मतदान शुरु भएको हो ।
भारतीय समयअनुसार बिहान ७ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ। तेस्रो चरणमा आज गुजरातका २५ सिट, कर्नाटकका १४, महाराष्ट्रका ११, उत्तर प्रदेशका १०, मध्य प्रदेशका ९, छत्तिसगढका ७, बिहारका ५, असम र पश्चिम बंगालका ४–४, गोवाका २ लगायतका सिटमा मतदान हुँदैछ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृह क्षेत्रमा भएको निर्वाचनअन्तर्गत उनले बिहानै मतदान गरे। आज गृहमन्त्री अमित शाह लगायत १० मन्त्री तथा राज्यमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।
भारतमा यसअघि १९ अप्रिलमा पहिलो चरणमा १ सय २ सिटका लागि र २६ अप्रिलमा दोस्रो चरणमा ८८ सिटका लागि मतदान भइसकेको छ। निर्वाचनको नतिजा जुन ४ मा आउनेछ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam