जसपाका जनप्रतिनिधिको सनाखत शुरु
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया थालेको छ।
आयोगले मंगलवार सूचना जारी गरी जसपा नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) को गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिको सनाखत गर्न शुरु गरेको हो।
जनप्रतिनिधिले जेठ १३ गतेसम्म प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि उपस्थित हुन पर्नेछ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते निर्णय गरी सनाखतको काम अघि बढाएको हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam