ईलाका प्रहरी कार्यालय गणेशपुरबाट मुद्धा दर्ता सञ्चालन हुने

कपिलवस्तु
कपिलवस्तु जिल्लाकै पछि परेको विजयनगर गाउँपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालय गणेशपुरले मुद्धा दर्ता गर्ने कार्य गृहमन्त्रालयबाट स्वीकृती पाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरको स्थापना २०४५ सालमा भएको थियो ।
अहिले आएर विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापासहित वडा अध्यक्षहरु तथा गाउँ कार्यपालिका सदस्य लगायतको टोलीले ज्ञापन पत्र बुझाए लगतै मुद्धा दर्ता गर्ने प्रक्रिया स्वीकृत भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।
गाउँपालिका अध्याक्ष गोपाल बहादुर थापाको विशेष पहलमा ज्ञापन पत्र बुझाईएको हो । विजयनगर गाउपालिका भित्रकै सबैैभन्दा विकट क्षेत्र जवाबैराठका जनता तथा बिजयनगरबासी नागरिकका समस्यालाई मध्यनजर गर्दै अध्यक्ष थापाले ज्ञापन पत्र बुझाउनु भएको थियो । जवाबैराठ लगायतका जनताले मुद्धा दर्ता गर्न २५÷३० किलो मिटर टाढाबाट कृष्णनगर जाने बाध्यता रही आएको थियो ।
सोही बमोजिम प्रहरी प्रधान कार्यालय एवम् अपराध अनुसन्धान विभागको मिति २०७६ भदौँ २३ गतेको पत्रको चलानी नं। १४९४ अनुसार मुद्धा दर्ता गर्न स्वीकृती दिएको प्रहरी निरिक्षक नेपालले बताउनु भएको छ । ईलाका प्रहरी कार्यालयले मुद्धाहरु हेर्ने काम मात्र गर्ने गथ्र्यो, दर्ता गर्नुपर्ने मुद्धाहरु कृष्णनगरमा दर्ता गर्नका लागि पठाउने हुँदा विजयनगरका नागरिकहरुलाई सास्ती खेप्नु परेको थियो ।
“अब मुद्धा हेर्ने र दर्ता गर्नुपर्ने मुद्धाहरु गणेशपुर कार्यालयमै हुन्छ, कृष्णनगर जान पर्दैन” नेपालले भन्नु भयो । अहिलेसम्म मुद्धा दर्ता प्रक्रिया कृष्णनगरले हेर्ने गरेको हुँदा धेरै समस्या झेल्दै आएका यहाँका जनताहरु अबको दिनदेखि सहजरुपमा मुद्धा सञ्चालन ईलाका प्रहरी कार्यालय गणेशपुरबाट गर्न पाउने भएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


