महाराजगन्ज खोलामा अवैध निकासी: ठेकेदार र इन्जिनियरको कन्नेक्सन


कपिलवस्तु, बैशाख ३१
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले ठेक्कामा लगाएको बाणगंगा खोलामा चरम दोहन भैरहेको छ।

महाराजगन्ज नगरपालिकाका इन्जिनियर प्रमोद कुमार चौधरी र रोशनी निर्माण सेवाका संचालक ठेकेदार राज कुमार मिश्र विचको कन्नेक्सनले गर्दा बाणगंगा खोलामा चरम दोहन भएको हो ।

इन्जिनियर चौधरीले अवैध निकासीमा मौन समर्थन दिएकाले ठेकेदार मिश्रले अवैध निकासीलाई निरन्तरता दिएका छन । ठेकेदारले सम्झौता बमोजिम नदिजन्य पदार्थ निकासी गरेपनी इन्जिनियर चौधरीले घाटगड्डिमा कम परिमाण मात्र नापेको स्थानीयले जनाएका छन ।

इन्जिनियरको मिलेमतोमा नक्कली विल प्रयोग, रातीमा निकासी भैरहेको छ । ठेकेदारले सम्झौता भन्दा बढी निकासी गर्दा पनी इन्जिनियरले अझै निकासी गर्न दिएको पाइएको छ ।

महाराजगन्ज नगरपालिका वडा नं २ स्थीत वाणगंगा खोलाको बरगदी नाका ठेक्कामा लिएको रोशनी निर्माण सेवाले अवैध निकासी गर्नुका साथै नक्कली विल समेत प्रयोग गर्दै आएको छ ।

रोशनी निर्माण सेवाले अवैध रूपमा खोला दोहन गर्नुका साथै नक्कली विल समेत प्रयोग गरेको छ । रोशनी निर्माण सेवाले नदीजन्य पर्दा निकासीको लागि तोकिएको मापदण्ड भन्दा बढी पर्दा निकासी गरेको छ ।

ठेकेदार पक्षले बाणगंगा खोलाको पुल देखी दुवै तर्फ ३ सय मिटर भित्र नदीजन्य पर्दा निकासी गर्न नपाइने भए पनि ठेकेदार पक्षले अटेरी गरी अवैध तवरले खोला दोहन गर्दै आएको छ । पुल नजिकैबाट निकासी हुदा बाणगंगा पुल जोखिममा परेको छ ।

पुल छेउबाटै निकासी पैठारी गर्दा वर्षको समयमा पुललाई क्षति हुने स्थानीयले बताए । ठेकेदारले खोला देखि ३ सय मिटरको दुरीमा रहेको हुलाकी राजमार्गको छेउमा डम्पिक्ङ समेत गरेको छ । वातावरणीय प्रभावलाई समेत बेवास्ता गर्दै सडक छेउमै डम्पीङ गर्दा सर्वसाधारणलाई आवात जावातमा समेत समस्या खेप्नु परेको छ ।

हावाहुरी चल्दा मोटरसाइकल, साइकिलमा आवत जावात गर्न निकै नै कष्टकारी रहेको स्थानीय सुदामा सिंहले बताए ।
अहिलेसम्म महाराजगन्ज नगरपालिकाले ३ पटक मात्र खोला अनुगमन गरेको छ ।

यस विषयमा महाराजगन्ज नगरपालिकाको इन्जिनियर प्रमोद चौधरीसँग बुझ्दा खोलामा केही नै नभएको जस्तो प्रतिक्रिया दिए । खोलाको ठेक्का लागत र नदी जन्य पदार्थको बारेमा केही जानकारी नै दिन मानेनन् ।

इन्जिनियर चौधरीले पत्रकारसँग प्रतिवाद गर्दै सुचनाको हक प्रयोग गरे मात्र सूचना दिने अटेरी गरे । इन्जिनियर चौधरीले ठेकेदारकै पक्षमा वकालत गरेका छन । खोलाको सम्झौता पत्र, वातावरण मूल्याङ्कन प्रतिवेदन समेत दिन मानेन्न ।

महाराजगन्ज नगरपालिकाकाले खोलाको विषयमा २, ३ पटक जिल्ला समन्वय समिति कपिलवस्तुलाई अनुगमन गर्न पत्र पठाएको जनाएको छ । अनुगमनको लागि पटक पटक पत्र पठाएपनि समन्वय समितिले अनुगमन गर्न नआएको पालिकाले जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले खोलामा तत्काल अनुगमनको लागि आदेश दिने बताउनु भयो । उहाँले भन्नु भयोस् खोलाको अनुगमन गर्न जिल्लामा समिति बनेको छ, हामी अनुगमन गर्छौ ।

जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष बाबुराम आचार्यले जिल्लाको महाराजगन्ज तथा कृष्णनगरको खोला अनुगमन बाँकी रहेको बताउनु भयो ।
महाराजगन्ज खोलाको विषयमा कुनै गुनासो नआएकोले अब तत्काल अनुगमन गर्ने आचार्यले बताउनुे भयो ।

TOP