संविधान बचाउन माधव नेपालको ठूलो भूमिका : पूर्वराष्ट्रपति यादव
काठमाडौँ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान बचाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ठूलो भूमिका रहेको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको कुराप्रति इंगित गर्दै उनले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भूमिका खेलेको बताए।
उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको दावी गरे।
उनले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताए। संविधानलाई संशोधन गरी समायानुकूल बनाउन आवश्यक हुने पनि बताए।
यादवले भने, ‘हामीले जुन संविधान लिएर आएका छौँ, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, समावेशी र समानुपातिक छ। संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन माधव नेपालजीले ठूलो चुनौती लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनु भयो। यो ठूलो योगदान हो। उहाँ त्यो वेला अडिग नभएको भए यो संविधान रहन्नथ्यो। यत्रो ठूलो बलिदानपछि ल्याएको संविधान जुन छ, यसलाई कसरी बचाएर राख्ने, समयसापेक्ष कसरी परिवर्तन गर्ने, परिवर्तन र संशोधन गर्दै अघि बढ्नुपर्छ।’
पूर्वराष्ट्रपति यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam