चुरे संरक्षणको माग गर्दै सप्तरीबाट पैदलयात्रा गरेको टोली काठमाण्डौ आइपुग्यो
काठमाण्डौ – चुरेक्षेत्र संरक्षणको माग गर्दै गएको वैशाख १७ गते सप्तरीबाट पैदलयात्रा थालेको टोली काठमाण्डौ आइपुगेको छ । सिरहा, धनुषा, बारा र रौतहटका २२ जनाको टोली २५ औँ दिनमा आज बिहान काठमाण्डौ आइपुगेको हो । चुरे अतिक्रमण र दोहनले खानेपानीको स्रोत सुकेकाले यसको संरक्षणको माग गर्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानले सप्तरीदेखि काठमाण्डौसम्म पैदलयात्रा गरेको हो ।
अभियानका संयोजक सुनिल यादवले चुरे र त्यहाँ रहेका वन जोगाउनुपर्ने आफूहरुको माग रहेको र माग पूरा नभएसम्म काठमाण्डौमै रहने बताउनुभयो । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार स्थानीयबासिन्दाले खेप्नु परेको यादवको भनाइ छ । अघिल्लो वर्ष पनि यही माग लिएर पैदलयात्रासहित काठमाण्डौ आउँदा सरकारले सहमति गरेको, तर कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam