भियतनामको अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु
एजेन्सी
भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।
भियतनाम समाचार एजेन्सीका अनुसार बिहीबार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो। आगो निभाउन एक घण्टा लागेको थियो।
आगलागी हुँदा भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्नेसहित २४ जना थिए।
मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन्। घाइतेको अवस्था स्थिर छ।उनीहरूको उपचार हनोई ट्रान्सपोर्ट अस्पतालमा भइरहेको छ।
गत वर्ष सेप्टेम्बरमा हनोईमा भएको आगलागीका क्रममा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो । साँघुरो गल्लीका कारण आगो निभाउन र प्रभावितको उद्धार गर्न ढिलो हुँदा ठूलो क्षति भएको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam