प्रचण्ड–देउवा वान टु वान वार्ता : के भयो कुराकानी ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ।
आइतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो। सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेको कांग्रेस सांसद जीवन परियारले बताए। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भए पनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएको बताए।
भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ। वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले जानकारी दिए। भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान कांग्रेसले राखेको पनि जानकारी दिए।
प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको बताए। शीर्ष दलका नेताहरुको बैठक आइतवार साँभm वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने उनको भनाइ छ।
उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रश्तुत नभएको आरोप समेत लगाए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam