पानी पर्न थालेपछि डेङ्गीको जोखिम बढ्यो, ६१ जिल्लामा सङ्क्रमण फैलियो
काठमाण्डौ – डेङ्गी रोगको सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण थप बढ्न थालेको हो । पछिल्लो ६ महिनामा ६१ वटा जिल्लाका ९ सय जनाभन्दा धेरै मानिसमा डेङ्गी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
शाखा प्रमुख दाहालले पछिल्लो समय हप्ताको ४० जनासम्मलाई डेङ्गी सङ्क्रमण देखिन थालेको बताउनुभयो । उहाँले डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, घरभित्र वा बाहिर काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गर्नुभएको छ । यस्तै उहाँले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन नहुने बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam