प्यूठानमा आज बिहान थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्यूठान । प्यूठानमा आज बिहान थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्यूठानका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुका ७ जना र नौबहिनी गाउँपालिकाका ३ जना रहेका छन् । आज भेटिएकामध्ये ४४ जना पुरुष र ३ जना महिला रहेका छन् ।
उनीहरु १८ देखि ६० वर्षसम्म उमेरका रहेका छन् । योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ भने २ जना निको भएर घर फर्किएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


