गण्डकी प्रदेशमा शनिबार ३२ संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको अपडेट अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा बाग्लुङका ८ जना रहेका छन् । जसमा ढोरपाटन नगरपालिकाका एक जना, काठेखोला गाउँपालिकाका ७ जना रहेका छन् ।
त्यस्तै स्याङजाका २२ जना रहेका छन् । जसमा पुतलीबजार नगरपालिकाका एक जना, विरुवा गाउँपालिकाका एक जना, अर्जुनचौपारी गाउँपालिकाका १८ जना रहेका छन् । त्यस्तै वालीङ नगरपालिकाका एक जना रहेका छन् ।
त्यसैगरि नवलपरासी पूर्वका २ जना रहेका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


