कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार
विराटनगर : महालेखापरीक्षकको कार्यालयले कोशी प्रदेशका प्रदेश प्रमुखलाई छैटौँ लेखापरीक्षण प्रतिवेदन बुझाएको छ।
कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो।
महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष ०७९/८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे।
लेखापरीक्षकको कार्यालयले प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार रुपैयाँ र १८ समिति तथा अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजार रुपैयाँसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजार रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको थियो।
प्रतिवेदनमा औँल्याइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ९ करोड ४० लाख ४७ हजार रुपैयाँ नियमित गर्नुपर्ने उल्लेख छ।
नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार रुपैयाँ अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार रुपैयाँको प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार रुपैयाँ पेश्की दिएको उल्लेख छ।
आर्थिक वर्ष ०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको बताइएको छ।
अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam