आजको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्रीको उपस्थिति अनिश्चित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहने छ । आजको बैठक बिहान ११ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेछ । आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुन नहुने निश्चित भएको छैन ।
१० असारमा उद्घाटन गरिएको स्थायी कमिटी बैठक हिजोदेखि एजेण्डामा छलफल गर्दै सुचारु भएको हो । हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै नेकपाभित्र विरोध भइरहेको छ ।
स्थायी कमिटीको बैठकमा कुन–कुन विषयमा छलफल गर्ने भन्ने कार्यसूची नै बनाइएको छ। सो कार्यसूचीमा नै रहेर हिजोदेखि सदस्यहरूले बोल्ने क्रम शुरू भएको हो । हिजोको बैठकमा १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए । नेकपाले बनाएको कार्यसूचीमा एमसीसी परियोजनाको छलफललाई भने अन्तिमतिर राखिएको छ ।
आजको बैठकमा सीमाका विषयमा बाँकी सदस्यहरूले धारणा राखेपछि कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले गरेको काम, सरकारको समग्र कामको समिक्षा लगायतका विषयमा छलफल केन्द्रित हुने सदस्यहरूले बताएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


