तापक्रमले धनगढीमा ‘रेकर्ड ब्रेक’, ४४.१ डिग्री पुग्यो, काठमाडौँमा ३४ डिग्री नाघ्यो
काठमाडौँ : यो वर्षको आजसम्म धनगढीले तापक्रममा रेकर्ड ब्रेक गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज दिउँसो ४४.१ डिग्री तापक्रम पुगेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार धनगढीको तापक्रम यो वर्षकै सबैभन्दा बढी हो। यसअघि भैरहवामा यो वर्षकै सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो। त्यसलाई उछिनेर आज बिहीवार धनगढीले रेकर्ड ब्रेक गरेको हो।
काठमाडौँको तापक्रम पनि बढ्यो
काठमाडौँमा आज अपराह्न अधिकतम तापक्रम ३४ डिग्री नाघेको छ। यसअघि आजै ३३ डिग्री रेकर्ड गरिएको काठमाडौँको तापक्रम बढेर ३४ डिग्री नाघेको पुडासैनीले बताए।
उनका अनुसार विभागले आज अधिकतम ३३ डिग्री पुग्ने अनुमान गरेकोमा त्यसलाई उछिनेर तापक्रमले ३४ डिग्री नाघेको हो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam