इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनद्वारा अकोराबलाई ‘मिडिया च्याम्पियन’ उपाधि
काठमाडौं : सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल, संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन आइटियुले प्रदान गर्ने डब्ल्यूएसआइएस २०२४ अन्तर्गत मिडिया विधामा च्याम्पियन बनेको छ।
स्वीजरल्यान्डको जेनेभामा शुक्रबार आयोजित विशेष कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले च्याम्पियनको प्रमाणपत्र ग्रहण गरे।
आइटियुले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गरी दिगो विकासका लक्ष हासिल गर्न विश्वभरि गरिएका पहलहरूमध्ये उत्कृष्टलाई सन् २०१२ देखि यो सम्मान प्रदान गर्दै आएको छ।
अकोराबले २०८० सालको कात्तिक १७ गते जाजरकोटको बारेको केन्द्रबिन्दु भएर भूकम्प गएपछि सामुदायिक रेडियो प्रसारक संघले युएनडिपी र युनेस्कोको सहयोगमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय सामुदायिक रेडियोहरू तथा अन्य सञ्चारमाध्यमका पत्रकार र कर्मचारीको मनोबल बढाउने, क्षति पुगेका रेडियोलाई पुनः सञ्चालन गर्ने, भूकम्पपश्चात् खेल्नुपर्ने भूमिकाको क्षमता बढाउने, बञ्चितिकरणमा परेका र अन्य स्थानीय समुदायलाई सूचना प्रवाह र राहत वितरण तथा स्थानीय सरकारको सेवा प्रदान गर्न सहजीकरण गरेको थियो।
एकीकृत रूपमा सञ्चालित यस परियोजनाले विपद्को समयमा सामुदायिक रेडियोहरूको महत्त्व दर्शाउनुका साथै भविष्यमा विपद् पश्चात् रेडियोहरूलाई पार्दै खेल्नुपर्ने भूमिकालाई उदाहरणको रूपमा स्थापित गरेको र यो सम्मानले सामुदाकि रेडियोहरूलाई थप हौसला मिलेको अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले बताए।
यसका साथै स्थानीय सामुदायिक रेडियोहरूले भूकम्प गएपश्चात् हुन सक्ने र भएका नकारात्मक क्रियाकलापहरूलाई निस्तेज गर्न सक्रिय भूमिका खेलेका अकोराबका अध्यक्ष अर्जुन गिरीले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam