अब समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्नुपर्छ : शेखर
जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले भने, “नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ।”
मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्दर्भमा नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको आयोजनामा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको छ भने।
पटक–पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनको तर्क छ।
नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam