जाजरकोट भूकम्प पीडितले अझै पाएनन् चीन सरकारले घोषणा गरेको सहयोग
काठमाडौं : जाजरकोटका भूकम्प पीडितले चीन सरकारले दिने भनेको सहयोग अझै पाएका छैनन्। अघिल्लो वर्षको कात्तिक १७ गते भूकम्प गएलगत्तै चीनले सहयोगका लागि घोषणा गरेको २६ करोड रुपैयाँ अझै पनि पीडितले नपाएका हुन्।
गत वर्षको कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुममा ठूलो क्षति भएको थियो। त्यसैगरी डेढ सय बढी मानिसको ज्यान जानुका साथै सयौँ घाइते भए। त्यस्तै, भूकम्पले हजारौँ घरसमेत ध्वस्त बनेका थिए। ती घरहरू अझैसम्म पुनर्निर्माण हुन सकेका छैनन्।
भूकम्पको सात महिनापछि पनि पीडितहरुमध्ये धेरैको जनजीवन अझै सहज हुन सकेको छैन। माओवादी केन्द्रको पकड क्षेत्र मानिए पनि केन्द्रीय पदाधिकारीबीच हानथाप भएसँगै आएको सहयोग सामग्रीको समेत सदूपयोग हुन नसकी दुरुपयोग भएको भन्दै चौतर्फी आलोचनासमेत सुनिने गरेको छ।
त्यतिबेला छिमेकी राष्ट्रहरुबाट आएको सामग्रीको चरम दुरुपयोग भएको समाचार हरेक मिडियामा छाएकै थियो। सो क्रममा चीनले दिएको १० करोडको भनिएको राहत पनि नेताहरुले आफू सुहाउँदो तरिकाले दुरुपयोग गरेको आरोप लागेको छ।
यता कार्तिक २१ गते नै चीनले २६ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म सहयोग गरेको छैन। पछिल्लो समय फेरि सो सहयोग गर्ने चर्चा चलिरहेको छ। यसबाट भने चीनप्रति गरिएको विश्वास कम हुँदै गएको विश्लेषण हुन थालेको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam