कृष्णनगरद्वारा ७१ कराेड ४० लाख ३६ हजारकाे बजेट प्रस्तुत
कृष्णनगर, १० असार ।
कृष्णनगर नगरपालिकाले ७१ कराेड ४० लाख ३६ हजारकाे बजेट सार्वजनिक गरेकाे छ । साेमबार १२ औँ नगर सभाबाट उक्त बजेट प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमलाई नगर उप-प्रमुख आरती देवी चाैधरीद्वारा प्रस्तुत गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । नगर उप-प्रमुख आरती देवी चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत, सामाजिक विकास तर्फ १५ प्रतिशत, पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र सुशासन प्रवर्द्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको बताइन् ।
कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले नगरले प्रस्तुत गरेकाे ७१ कराेड ४० लाख ३६ हजारकाे बजेटमा सामाजिक सुरक्षा भत्ता समावेश नगरिएको बताए । उनले शिक्षा र स्वास्थ्यलाई नगरले प्राथमिकतामा राखेकाे बताएकाे बताउँदै शिवराज अस्पतालको लागि ९० लाख बजेट विनियोजन गरेको जनाए । शाहले नगरको विकासको लागि अहोरात्र खटेर काम गरिरहेको बताए ।
सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा भए गरेका कामको बारेमा सभाका सदस्यहरुलाई जानकारी गराएका थिए । जनताको चाहाना अनुसार योजना निर्माण गरेको जनाउँदै प्रदेश र केन्द्रका योजनाहरु पनि नगरमा रहेकोले नगरलाई समृद्ध बनाउन आफु दृढ रहेको मेयर शाहको भनाई छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam