शीतलनिवास पुगेर सुनले भेटे राष्ट्रपतिलाई
काठमाडौं : नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।
भेटमा राष्ट्रपति पौडेलले नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको भन्दै चीनको प्रशंसा गरे। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित श्रेणीबाट स्तरोन्नति हुन गइरहेकाले त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
उपविदेशमन्त्री सुनले पनि दुई देशबीच युगौँ पुरानो सम्बन्ध रहेको भन्दै सहयोग विस्तारमा चीन सकारात्मक रहेको प्रतिक्रिया दिए।
सुनले बुधबार नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्ने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डल बुधबार नै स्वदेश फर्किनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam