गुणस्तरीय शिक्षाका लागि पञ्चायत मावि : २४ गते प्रवेशिका परीक्षा
मोरङ : मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीस्थित पञ्चायत माविमा विभिन्न विषय र संकायअन्तर्गत कक्षा ११ का लागि भर्ना खुलेको छ। स्थानीय बालिका निकिता राईले यसवर्ष एसईईमा ३.९६ ल्याएर जिल्लामै पहिलो स्थान कायम गरेको यो माविमा पथरी शनिश्चरे नगरपालिकाबाहेक झापाका विभिन्न पालिका, सुनसरीका विभिन्न पालिका, पहाडी जिल्लाहरू र मधेश प्रदेशका जिल्लादेखि विद्यार्थीहरू पढ्नका लागि आउने गर्दछन्।
पञ्चायत माविको कार्यदक्ष बालबालिकाको भविष्यको सुनिश्चिततासहितको शिक्षा उद्घोष गरेअनुरुप नतिजा निकाल्नमा सफल यो सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाकै कारण आकर्षणता बढेको स्थानीयहरू बताउने गर्छन्।
शिक्षामा अब्बल उक्त मावि कक्षा ११ मा विज्ञान, कानुन, ललितकला, मानविकी, व्यवस्थापन, शिक्षा, पत्रकारिता, सिभिल संकायमा भर्ना खुलेको हो। उच्च मावि तहको पढाइ सुरु पञ्चायत माविलाई सरकारले ल्याएको एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रमअन्तर्गत छनोट गरिएको थियो। २०३६ सालमा स्थापना भएको पञ्चायत माविमा पूर्णतः मण्टेश्वरी आधारित शिशु कक्षादेखि १२ कक्षासम्म र प्राविधिक धारतर्फ सिभिलको पढाई हुँदै आएको छ।
उक्त विद्यालयमा ३ हजार ४ सय हाराहारी विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा ११ को पठनपाठन सुरुभएपछि झनै संख्या बढ्ने देखिएको छ। पञ्चायत माविमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ। मण्टेश्वरी आधारित शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै भवन र यसको सञ्चालन व्यवस्थापनका लागि प्रशासनिक संरचना छ।
कक्षा ११ को प्रवेश परीक्षा यही असार २४ गते सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिका रहेको वडा-१ का वडाध्यक्षसमेत रहेका विव्यस भीमकुमार राईले जानकारी दिए। उनका अनुसार पञ्चायत माविमा यसपटक कक्षा ११ र १२ लाई बिहानी सत्रमा र सोभन्दा कनिष्टलाई दिउँसो सत्रमा सञ्चालनमा ल्याउने योजना छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam