सीमा क्षेत्रबाट १३ लाखको अवैध केराउ सहित ट्रक पक्राउ
कपिलवस्तु, १४ अषाढ
अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाने तयारी गरिएको ५ सय ३० बोरा सेतो केराउ सहित ट्रक प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउंपालिका वडा नं. ४ चाकरचौडाबाट लु १ ख ८९५१ नम्बरको ट्रकमा ५ सय ३० बोरा सेतो केराउ लोड गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाको प्रहरी टोलीले सो केराउ सहितको ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा करीब १३ लाख २५ हजार मुल्य बराबरको ५ सय ३० बोरा केराउ लोड गरेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएको केराउ सहितको ट्रकलाई आजै भंसार कार्यालय सुठौली पठाईएको छ ।
जिल्लामा सरुवा भई आएका नयां प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति र चोरी तस्करी नियन्त्रणमा आफु सक्रिय भई लाग्ने बताएका छन् । यसका लागि जिल्लामा आफु सवै राजनैतिक दल, जनप्रतिनिधी र नागरिक समाजसंग मिलेर अघि बढ्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


