दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता
रासस
तनहुँ : २६ असारः बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा बुधबार बिहान एकजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका-१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।
थापाको खोजी जारी रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam