माओवादीले कोशी सरकार नछाड्ने, एमालेले पनि गलहत्याएर ननिकाल्ने
विराटनगर : केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै कोशीमा के होला भन्ने बहस यतिबेला तातिएको छ। संसदीय अंकगणितका कारण सकसपूर्ण ढंगले निर्माण भएको कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार छ।
जसमा माओवादी केन्द्रका तीन मन्त्री र एक राज्यमन्त्री अहिले पनि सरकारबाट बाहिरिएको छैन।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निवर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन्।
काठमाडौंस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।
पूर्वप्रधानन्त्री दाहालसँगको भेटमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले जानकारी दिए।
अध्यक्षको र प्रदेश पार्टीसँगको छलफलपछि नै अहिलेसम्म माओवादी सरकारमा बसेको र मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएको समेत उनले बताए।
उनले भने,‘उहाँले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ। अरू कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौँ।’
यता, एमालेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलासम्म प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूलाई बर्खास्त नगर्ने बताइएको छ। प्रधानमन्त्री ओलीले यही ६ साउन आइतबारका दिन संसद्बाट विश्वासको मत लिने कार्यसूची छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam