पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

रासस

म्याग्दी : रघुगंगा गाउँपालिका-२ सिरुबारीमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सोहनजंग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए। ‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ’, उनले भने, ‘आजै सडक खोल्ने लक्ष्यका साथ काम गर्ने छौँ।’

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन्।

TOP