प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढदै, स्थानीय त्रसित

रुपन्देही । लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ ।
तिनाउ, कालिगण्डकी, वाणगंगा, राप्ती र नारायणी नदीमा पानीको वहाव बढ्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । बर्षाका कारण प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बदिया, गुल्मी, पाल्पा, प्यूठान, रुकुम र रोल्पाका ठूला साना नदीमा बाढीको जोखिम रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
रुपन्देहीको तिनाउ नदीमा बढेको बहाबका कारण नदी किनारका करिव १५ सय घरधुरी बाढीको जोखिममा छन् । सरकारले विभिन्न चरणमा नदीको तटबन्ध गरेकाले तत्काल बस्तीमा बाढी पस्न नसकेपनि यो वर्ष बर्षात लामो समय भएकाले क्षती हुनसक्ने विज्ञहरुले बताएका छन् ।
लगातारको बर्षाका कारण गुल्मीमा दरबार गाउँपालिकामा घर भत्किदा एक जना घाइते भएका छन् । पहिरोले घर भत्काउदा दरबार गाउँपालिका १ रैनादीकी ३१ की कमला माजकोटीको लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । घाइते माजकोटीको लुम्बीनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।आजको नागरिकमा समाचार छ ।
घर भत्किएकाले परिवारका अन्य सदस्यलाई छिमेकीको घरमा राखिएको छ । यस्तै गुल्मी दरबार गाँउपालिका १ बलिथुम बस्ने लोक बहादुर सुनारीकोको घर र गोठ पहिरोले बगाएको छ । घर बगाएपछि ६ जनाको परिवारलाई जनज्योती प्रा.बि.बलीथुममा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण गोठमा रहेका भैसी, गाई, सुगुर बाख्रा र कुखुरा मरेका छन । अबिरल बर्षाले मदाने घिउपानी बस्ने बिर बहादुर नेपालीको गोठ समेत पहिरोले क्षती पुर्याएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


