अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु
काठमाडौं : नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेको छ।
एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए। केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए।
भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन्। गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन्।
बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए। ३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam