रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेशको अध्यक्षमा घिमिरे


संखुवासभा : रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेश समिति गठन गरिएको छ। संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा शनिबार राजकुमार घिमिरेको अध्यक्षतामा रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेश समिति गठन भएको छ।

घिमिरेको अध्यक्षता १५ सदस्यीय रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेश समिति गठन भएको हो। रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेश समिति पहिलोपटक गठन भएको छ।

रुद्राक्ष ब्यवसायी संघ कोशी प्रदेश समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र रमेश बुढाथोकी, महासचिवमा सुरज गौतम, सचिवमा कमलबहादुर तिवारी, सहसचिवमा सुरेश श्रेष्ठ र कोषध्यक्षमा एकराज थापा चयन भएका छन्। समितिको सदस्यहरुमा धनबहादुर राई, राम राई, शिवकुमार श्रेष्ठ, भिम कार्की, विनय राई, नरेन्द्र तामाङ, दलेन्द्र राई र कृष्ण केसी रहेका छन्।

रुद्राक्ष व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अगमसिं राई उपस्थितिमा समिति गठन भएको हो। नव गठित समितिले इश्वर शर्मा बजगाई र मुकेश अधिकारीलाई समिति सदस्यमा मनोनित समेत गरेको छ। समिति गठनका लागि कोशी प्रदेशका विभिन्न रुद्राक्ष व्यवासयी प्रतिनिधिहरुको सहभागिता रहेको रुद्राक्ष ब्यवसायी संघ कोशी प्रदेश समितिका उपाध्यक्ष सुनिल श्रेष्ठले बताए। समिति गठन कार्यक्रममा रुद्राक्ष व्यवसायी संघ संखुवासभाका निलमणि न्यौपाने, रुद्राक्ष व्यवसायी संघ भोजपुरका अध्यक्ष ध्रुव राई लगायतका व्यवसायीहरुको उपस्थीति रहेको थियो।

रुद्राक्ष व्यवसायिको व्यसायिक हक हित र रुद्राक्षको बजारीकरणका लागि लाग्ने नवगठित समितिका कोशी प्रदेश अध्यक्ष घिमिरेले बताए। प्रदेश स्तरमा रुद्राक्षको निति तथा कानुन निर्माणमा समेत समितिले पहल गर्ने अध्यक्ष घिमिरेले बताए।

रुद्राक्ष व्यापारका लागि उपयुक्त कानुन नहुँदा रुद्राक्ष व्यापारमा कानुनी बाधा अड्चनहरु रहेका छन्। रुद्राक्ष खरिदका लागि भारतीय र चिनिया व्यापारीहरु गाउँगाउँमा पुग्ने गरेका छन्। विदेशीहरु अधिकांश व्यापारीहरु विना अनुमति रुद्राक्षको व्यापार गर्दै आएको पाइन्छ।

भोजपुर र संखुवासभा जिल्लालाई रुद्राक्षको राजधानीको रुपमा चिनिन्छ। यहाँका अधिकाम्स स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ। रुद्राक्षको एउटै मुखदार दानाको मूल्य रु १० हजारदेखि रु ४० लाखसम्म पर्ने व्यवसायीको भनाइ छ। आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार मानिन्छ।

बजारमा सबै बढी २१ मुखे दानाको माग रहेको छ। २१ मुखे दाना आकारको आधारमा अहिले पनि रु सात लाखदेखि रु ४० लाखसम्ममा बिक्री हुने गरेको छ। रुद्राक्षको मूल्य मुख, तौल तथा आकारका आधारमा निर्धारण हुने गर्दछ।ययहाँको स्थानीयको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो।

भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार मानिन्छ। संखुवासभाबाट तराईका जिल्ला, काठमाडौँ तथा चीन र भारतमा समेत निर्यात हुने गर्दछ।

TOP