भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक गम्भीर
काठमाडौं : भक्तपुरमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो १ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी स्थित सडक खण्डमा काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं १ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष अन्दाजी २१ को सुवास तामाङ गम्भीर घाइते भएका थिए।
उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए।
मोटरसाइकल पछाडि सवार जिल्ला काभ्रेपलान्चोक माहाकाल गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष २० को संजिव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको छ।
दुबै सवारी साधन र टिपर चालक जिल्ला काभ्रेपालन्चोक मण्डनदेउपुर गाउँपालिका–६ बस्ने वर्ष २८ को राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam