डा.तोसिमाले संसद्मा पेश गरिन् विपद्बारे जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौँ : विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको छ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रस्ताव पेश गरेकी हुन्। विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेश गर्नुपरेको उनले सदनमा सुनाइन्।
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी छन्।
सो विषयमा अहिले सदनमा छलफल भइरहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam