गोरखा पहिरोमा बेपत्ता एकै परिवारका तीन जनाको शव भेटियो, दुई अझै बेपत्ता
काठमाडौं : गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा घरसँगै पहिरोमा पुरिएका एकै परिवारका तीन जनाको शव फेला परेको छ।
खोजीका क्रममा सोमबार दिउँसो ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको गोरखाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।
उनका अनुसार बेपत्ता दुई जना ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियारको भने खोजी भइरहेको उनले बताए। आइतबार बिहान पहिरोमा पुरिएर पाँच जना बेपत्ता भएका थिए।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…



ghanashyam