लेखा समितिका सभापतिले व्यापारीसँग भेटेर पदको दुरुपयोग गरे : माधव सापकोटा


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन्।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका वेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दावी गरेका हुन्।

मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सभापति पोखरेलमाथि पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको आरोप लगाए। उनले घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे।

‘डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौतासमेत कायम रहेका एकजना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ‚’ उनले भने, ‘पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्छु।’

सांसद सापकोटाले दुध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए।

TOP