महामारी व्यवस्थापनका लागि महानगरमा २४ घण्टे ‘हटलाइन’
काठमाडौं : काठमाडौं महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु-हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ।
विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलले सेवा प्रदान गर्नेछन्। वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन्।
स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ। यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ।
महानगर प्रहरी बलले पानीजन्य विपत डुबान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पृलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ। यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गरे महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ ।
यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ। यसका लागि हटलाइन ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ।
साँझ ६ बजेपछि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ। यो फोन स्वास्थ्यकर्मीले उठाउने छन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam